सोनादा: मुण्डाकोठी क्षेत्रको लागि पनि प्राकृतिक आपदा प्रबन्धन विभागबाट धेरै फण्ड दिएको हो तर केही काम नभएको ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ महकुमा समिति नारी शक्तिकी सभापति संगीता छेत्रीले आरोप लगाएका छन्। उनले एउटा भिडियो जारी गर्दै मुण्डाकोठी क्षेत्रको लागि प्राकृतिक आपदा प्रबन्धन विभागबाट धेरै फण्ड दिएको हो र यस अन्तर्गत वालको कामको लागि टेण्डर पनि भएको नै हो तर अहिलेसम्म काम नभएको लगाएकी छन्। उनले यस कामको लागि सम्बन्धित विभागको तर्फबाट निरीक्षण गरियोस् साथै यस कामको कन्ट्याक्टरलाई पनि चाढोभन्दा चाढो काम शुरु गरियोस् भनी जनताको पक्षमा निवेदन गरेका छन्।










