दार्जीलिङ पार्वत्य विश्वविद्यालय मङ्पुमा दुई दिवसीय राष्ट्रिय कार्यशाला तथा गणित सम्मेलन

24dd1fad-618f-4d1c-89fc-b881691a9b4e

मङ्पु: भारतका विद्वान् गणितज्ञ स्व श्रीनिवास रामानुजनका अतुलनीय गणितीय योगदानको सम्मान गर्दै तथा गणित विषयमा अध्ययन, अनुसन्धान र शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले दार्जिलिङ पार्वत्य विश्वविद्यालय, गणित विभागद्वारा आयोजित “श्रीनिवास रामानुजनको सम्मानमा राष्ट्रिय कार्यशाला तथा गणित सम्मेलन” २०२६ सफलतापूर्वक आयोजना भइरहेको छ । यस कार्यशाला तथा गणित सम्मेलनलाई राष्ट्रिय उच्च गणित बोर्ड (एनबीएचएम), परमाणु ऊर्जा विभाग (डीएई) भारत सरकार अन्तर्गत सहयोग गरिएको छ। यस दुई दिने कार्यक्रममा दार्जीलिङ पार्वत्य विश्वविद्यालयका उप कुलपति प्रा० डा० तेजिमाला गुरूङ नाग, कुल सचिव, (अतिरिक्त कार्यभार) डा. सुजाता रानी राई लगायत राज्यका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्थान तथा महाविद्यालयका प्राध्यापकगण, अनुसन्धानकर्ता, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूका उल्लेखनीय सहभागिता रहेका छन्। कार्यक्रमका वक्ता एवम् विशिष्ट अथितिका रूपमा डा. अमिय कुमार मण्डल – आईआईएसईआर बेरहामपुर, डा. चन्दन मैती – आईआईएसईआर बेरहामपुर, डा. मृत्युञ्जय चरण – चेन्नई मैथमेटिकल इंस्टीट्यूट, डा. सज्जाद अली विश्वास – एसआरएम यूनिवर्सिटी एपी, आदि उपस्थित रहेका छन्। यस सम्मेलनको प्रमुख उद्देश्य – श्रीनिवास रामानुजनको गणितीय योगदानका स्मरण तथा सम्मान गर्नु, गणितका विविध क्षेत्रमा भइरहेका नवीन अनुसन्धानबारे पहाड़का विद्यार्थीहरूलाई जानकारी आदान–प्रदान गर्नु साथै विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूबीच शैक्षिक सहकार्यलाई प्रवर्द्धन गरेर युवा अनुसन्धानकर्तालाई अनुसन्धानतर्फ प्रेरित गर्नु, समकालीन गणित तथा यसको व्यावहारिक प्रयोगबारे ज्ञान अभिवृद्धि गर्नु हो। सम्मेलनमा गणितका विभिन्न समसामयिक विषयहरूमा विशेष व्याख्यान, अनुसन्धान प्रस्तुति तथा अन्तरक्रियात्मक छलफल गरिनेछ। उनीहरूले प्रस्तुत गर व्याख्यानले सहभागीहरूलाई समसामयिक गणितीय अनुसन्धान र भविष्यका सम्भावनाबारे गहन जानकारी प्रदान गरिने छ।

About Author

Advertisement