खरसाङ: खरसाङको लङभ्यु चिया बगानको विषयमाथि कुनै निचोड निस्कन सकेन्। विगत धेरै दिन अघिदेखि लङभ्यु चिया बगानको श्रमिकहरू अनशनमा बस्दै आएका छन्। यी सबै विषयहरूलाई ध्यानमा राख्दै आज राज्यको श्रम विभागले सिलगढीको सकिर्ट हाउसमा बैठक डाकेको थियो। उक्त बैठकमा राज्यको श्रम विभागीय अधिकारीहरू,लङभ्यु चिया बगानको मालिक गोविन गर्ग, श्रमिक संगठनहरूको नेतृत्व साथै लङभ्यु चिया बगानको श्रमिकहरू उपस्थित रहेको थियो। दिउँसोको १ बजीदेखि शुरू भएको बैठक साँढे ५ बजीसम्म निरन्तर जारी रहयो तर मालिक पक्षले श्रमिकहरूको पीएफको राशि अहिले नै भूक्तान गर्न नसक्ने आफ्नो पक्ष राखेपछि बैठक विफल भएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्। पीएफ, ग्रेजुएटी अविलम्ब भूक्तान गर्नु पर्ने, श्रमिकहरूको रोजी तलब भूक्तान गर्ने आदि जस्ता मांगहरू लिएर लङभ्यु चिया बगानको श्रमिकहरू विगत धेरै दिन अघिदेखि अनशनमा बसेका छन्। लङभ्यु चिया बगानको अवस्थालाई ध्यानमा राख्दै आज राज्यको श्रम विभागले सिलगढीको सर्किट हाउसमा बैठक डाकेको थियो। आयोजित बैठकमा लङभ्यु चिया बगानको मालिक गोविन गर्ग, पी एफ विभागीय अधिकारी,श्रम विभागको पक्षबाट अतिरिक्त श्रमायुक्तहरू लगायत श्रमिक संगठनहरूको नेतृत्वहरूको उपस्थिति रहेको थियो। बैठकमा लङभ्यु चिया बगानको श्रमिकहरूले आफुहरूको पी एफ को राशी अविलम्ब भूक्तान गर्नु पर्ने मांग राखेका थिए। त्यसरी नै ग्रेजुटी,श्रमिकहरूले पाउनु पर्ने रोजी, तलब आदि जस्ता विषयहरूमाथि बैठकको मुख्य विषय रहेको थियो।

दिउँसोको १ बजीदेखि शुरू भएको बैठक साँढे ५ बजीसम्म निरन्तर रूपमा जारी रहेको अध्यक्ष गुरूङले बताए तर मालिक पक्षले श्रमिकहरूको पी एफ को राशी अहिलेनै भूक्तान गर्न नसक्ने अवस्था बताउदा बैठक विफल भएको अध्यक्ष गुरूङले बताए।










