एसएसबीका डेंगुबारे सचेतना अभियान सुरु

IMG_20221019_193422.jpg

सिलगढी: सिलगढी सहरमा डेंगु तीव्र गतिमा फैलिरहेको छ। बुधबार स्वच्छ भारत सरसफाई अभियानसँगै सेक्टर हेडक्वार्टर एसएसबी रानीडाङ्गा र पूर्व धनसराजोत जनकल्याण समितिको संयुक्त पहलमा रंगपानी बजार र रानीडाङ्गा बजार क्षेत्रमा डेङ्गुको प्रभावबाट बच्न सचेतना अभियान सञ्चालन गरिएको थियो। आज पूरै बजार क्षेत्रमा सरसफाइसँगै कीटनाशक छर्किएको छ ।कार्यक्रममा सेक्टर हेडक्वार्टर एसएसबी रानीडंगाका सहायक कमाण्डर उज्ज्वल राय चौधरी र सेनाका जवान तथा पूर्व धनसराजोत जोत जनकल्याण समितिका सचिव खगेश्वर सिंहको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement