रूसद्वारा आवाजभन्दा ९ गुणा तेज उड्ने हाइपरसोनिक जिरकोन मिसाइल परीक्षण

Hypersoni-Missile

रुस–युक्रेन भएको ९४ दिन बितिसकेको छ। यसैबीच रुसले शनिबार एक हजार किलोमिटर टाढासम्म हमला गर्नसक्ने जिरकोन मिसाइलको सफल परीक्षण गरेको छ। यो हाइपरसोनिक क्रुज मिसाइलको गति आवाजभन्दा ९ गुणा बढी छ। रुसी रक्षा मन्त्रालयका अनुसार ब्यारेण्ट सागरमा रहेको युद्धपोत एडमिरल गोर्शकोभबाट मिसाइल प्रक्षेपण गरिएको हो। यसले व्हाइट सी-मा करिब एक हजार किलोमिटर टाढाको लक्ष्यलाई नष्ट गर्यो। यो परीक्षण यस्तो समयमा गरिएको हो जब रुसले अमेरिकालाई युक्रेनलाई हतियार दिएर गल्ती गरिरहेको बताएको छ र यसको परिणाम नराम्रो हुन सक्ने चेतावनी दिएको छ। गत महिना रुसले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) सरमतको परीक्षण पनि गरेको थियो। अहिलेसम्म युक्रेनको लुहान्स्कमा युद्धका कारण ३४०० भन्दा बढी कम्पनी बन्द भएका छन्। जसमा ४ सय ७९ उत्पादन संयन्त्र रहेका छन्। माइकोलाइभमा शनिबार भएको रुसी बम आक्रमणमा एकजनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरुका अनुसार युद्धका क्रममा २४२ युक्रेनी बालबालिकाको मृत्यु भएको छ भने ४४० जना घाइते भएका छन्। रुसी सेनाले पूर्वी युक्रेनको रणनीतिक दृष्टिले महत्वपूर्ण शहर लिमन कब्जा गरेको छ। रुसी सेनाले शनिबार यसको पुष्टि गरेको छ। यो शहर युद्ध शुरु हुनु अघि २० हजारको जनसंख्या थियो। यसको पुरानो नाम क्यासिनी लिमान हो। लिमान पूर्वी डोनेट्स्कको उत्तरमा अवस्थित छ र युक्रेनी-नियन्त्रित स्लोभियान्स्क र क्रामाटोर्स्क सहर जाने बाटोमा छ। रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्र र रुसी सशस्त्र बलको कारबाहीपछि लिमान सहर युक्रेनी कब्जाबाट पूर्ण रूपमा मुक्त भएको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement