कालचिनी- मङ्गलबार मध्यराती अलिपुरद्वार सहरको बीरपाड़ा चौपति संलग्न क्षेत्रमा गोप्य सूचनाको आधारमा विशेष अभियान चलाउँदा अलिपुरद्वार थानाको एन्टी क्राइम टीमले एउटा १६ चक्के ट्रकलाई रोकेर जॉंच गर्दा ६१३२ बोतल मेघालय निर्मित व्हिस्की पुलिसले फेला पार्न सफल भएको थियो| धानको बस्ताले छोपेर उक्त मेघालय निर्मित व्हिस्की सिलगढ़ी वा अन्य ठाउँ तस्करी गर्ने योजना रहेको थियो भने पुलिसले त्वरित कारवाही गर्दै ट्रकमा सवार दुईजना व्यक्तिलाई पक्राउ गरेको छ|
पक्राउ पर्नेमा एकजना अलिपुरद्वार सहर निवासी र अर्को कोचबिहार निवासी रहेको पुलिस सुत्रले जनाएका छन्|
जफत गरिएको उक्त मेघालय निर्मित व्हिस्कीको बजार मूल्य प्रायः २० लाख रुपियॉं बराबर रहेको बताइएको छ| उक्त सम्बन्धमा अलिपुरद्वार थानाका आईसी अनिन्द्या भट्टाचार्यले धान लादिएको उक्त ट्रकबाट जन्मा ५११ पेटी मेघासय निर्मित व्हिस्की बरामद गर्न सफल भएको र दुइजनालाई पक्राउ गरिएको र उक्त रक्सीहरू कहॉंबाट ल्याइएको र कता सप्लाई गर्ने उद्देश्य थियो सो सम्बन्धमा छानबीन चलिरहेको जनाएका छन्|











