चिया बगान श्रमिकको स्वास्थ्य सुधार्न सरकार प्रतिबद्ध: मन्त्री लामा

2c428fc3-f7e4-40ab-947a-ca2243fcf18c

काेलकाता: पश्चिम बङ्गाल सरकारका राज्यमन्त्री एवं कालचिनीका विधायक विशाल लामाले चिया बगान श्रमिकहरूको स्वास्थ्य र कल्याणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। नवान्नस्थित आफ्नै कार्यकक्षमा कर्मचारी राज्य बीमा (ईएसआई) का उच्च अधिकारीहरूसँग भएको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो।
​बैठकमा चिया बगान क्षेत्रमा कार्यरत श्रमिक र तिनका परिवारलाई गुणस्तरीय एवं समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री लामाले ईएसआई सुविधाहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्दै उपचार र चिकित्सा व्यवस्थामा देखिएका समस्या तत्काल समाधान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो।
​चिया बगानका श्रमिकहरू प्रदेशको अर्थतन्त्रका बलिया आधारशिला भएको चर्चा गर्दै उहाँले उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानजनक जीवनको रक्षा गर्नु सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा चिया बगान क्षेत्रको समग्र विकास र श्रमिक परिवारको कल्याणका लागि सरकारले पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको उहाँको भनाइ थियो।

About Author

Advertisement