दार्जीलिङ: राज्य सरकारले ७ सय मतदाताहरूको एउटा पंचायत सदस्यको आधार पंचायत चूनाव गराउँने प्रयास गर्दैछ भन्ने हाम्रो पार्टीले आरोप लगाएको छ। दार्जीलिङ प्रेस गिल्डमा हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले राज्य सरकारले ७ सय मतदाताहरूको एउटा पंचायत सदस्यको आधारमा पंचायत चूनाव गराउँने तयारी गरी सकेको तिनले बताए। गत केही महिना अधि राज्यको निर्वाचन आयोगले दार्जीलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पंचायत चूनाव गराउँने अधिसूचना जारी गरेपछि दार्जीलिङ पार्वतीय क्षेत्रमा खुशीको महौल छाएको थियो तर राज्य सरकारले ७ सय मतदाताहरूको एउटा पंचायत सदस्यको आधारमा चूनाव गराइने संकेत आए पछि पहाडबासीको मनमा खिन्नता छाएको तिनले बताए।सन २००० सालतिर दार्जीलिङ पार्वतीय क्षेत्रमा २५० मतदाताहरूको एउटा पंचायत सदस्यको आधारमा पंचायत चूनाव भएको थियो तर अहिले आएर ७ मतदाताहरूको एउटा पंचायत सदस्य? यो उचित भएन हाम्रो पार्टी केन्द्रीय संगठनिक सचिव राईले भने।विगत २० बर्षदेखि यता पहाडमा पंचायत चूनाव भएको थिएन २० बर्षको अन्तर्रालमा तीन गुणा जन संख्याको वृद्वि हुने??भन्ने विषय यो पनि न्याय संगत भएन। अहिले प्रायः आमा बाउहरूले एउटै छोरा अथवा छोरी बनाउँने गर्छन,हुन सक्छ यता कता दुई अनि तीन जना नानी हरू पनि तर यतिमा नै जन संख्या तीन गुणा वृद्वि भयो भन्ने कदापी विश्वास योग्य विषय भएनन राईले भने।सम्बंधित अधिकारीहरूको सर्वे अनुरूप वृद्वि भएकै हो भने पनि मतदाताहरूको संख्या होइन तर पंचायत सदस्यहरूको सदस्य बडाउनु पर्छ भन्ने हाम्रो पार्टी केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले मांग गरयो। तिनले अधि भने हिज मंगलबार मात्र सम्बंधित विभागले एक अधिसूचना जारी गरेको छ अनि उक्त अधिसूचना लाई नियाल्ने हो भने राज्य सरकारले ७ सय मतदाताहरूको एक पंचायत सदस्यको आधारमा पंचायत चूनाव गराउँने प्रायः तय गरी सकेको हाम्रो पार्टी केन्द्रीय संगठनिक सचिव राईले आरोप लगाए।पहाडको भौगोलिक स्थितिहरूलाई ध्यानमा राख्दै पहाडको संघ संस्था एंव राजनैतिक दलहरूले ग्राम पंचायतको संख्या बढनु पर्छ साथै ब्लकको संख्या बढनु पर्छ भन्ने जो मांग गर्दै आई रहेको छ यो अति नै राम्रो विषय हो तर राज्य सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रमा २५० को साटो सात सय मतदाताहरूको आधारमा पंचायत चूनाव गराएको खण्डमा ग्राम पंचायत सदस्यको वृद्वि, साथै ब्लकको संख्याको वृद्विको सपना सवै चकनाचूर भएर जानेछ भन्दै हाम्रो पार्टी केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले २० मतदाताहरूको एउटा सदस्यको आधारमा नै भोट हुन पर्छ भन्ने आफुहरूको मांग रहेको तिनले बताए।











