पुजा मेलामा एक युवकमाथि छुराले प्रहार

IMG_20221019_144749.jpg

जलपाईगुडी: लक्ष्मी पूजाको मेलामा एक युवकलाई छुरा प्रहार भएको छ। यस घटनापछि जलपाईगुडी जिल्लाको धुपगुरी थानाबाट ठूलो प्रहरी टोली घटनास्थलमा पुगेको छ। जानकारी अनुसार धुपगुरीको ठाकुरपथमा मेला चलिरहेको बेला युवकलाई छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको थियो। घाइते युवकलाई तत्कालै स्थानीय अस्पतालमा लगिएको थियो। गम्भीर घाइते युवकको नाम जयन्त रोय रहेको बताइएको छ। यसैबीच आक्रमणकारीको नाम गोपाल राई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement