१७ कार्यकर्ताले एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल हुने निर्णय

IMG_20220529_230613.jpg

गान्तोक। विपक्षी एसडीएफ पार्टीको युवा संयोजक मोतीलाल गुरूङको अगुवाईमा १७ कार्यकर्ताले एसडीएफ त्यागेर सत्तारूढ़ एसकेएम पार्टीमा सामेल हुने निर्णय लिएका छन्। उक्त कार्यकर्ताहरू दक्षिण सिक्किमको राङगाङ याङगाङ निर्वाचन क्षेत्रका हुन्। पाथिङ निवासी गुरूङले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन्।
तिनले २००३ देखि एसडीएफ पार्टीलाई समर्थन जनाउॅंदै आएको, तर पाथिङ वार्डमा एसडीएफ सरकारको आशीर्वाद कहिल्यै नपरेको आरोप लगाए। यस कारण गाउॅं घरमा सबैसॅंग सर सल्लाह गरेर स्वेच्छापूर्वक सत्ताधारी पार्टी एसकेएममा सामेल हुने निर्णय लिएको उनले जानकारी दिए। उनले २५ वर्षसम्म गुम्पाको निम्ति आवेदन गरिएको तर सुनवाई भएको थिएन भन्दै वर्तमान मुख्यमन्त्रीले एक वचनमा गाउॅंलेहरूको माग पूरा गरिएको बताए।
एसडीएफ युवा संयोजक गुरूङले एतिका वर्षसम्म पार्टीले आफुहरूलाई प्रयोग मात्र गरेको पनि आरोप लगाए। यस कारण पनि आफुहरूलाई सही ठाउॅंमा आउन कर लाग्यो भन्दै गुरूङले भने, वर्तमान सरकारले मात्र हेर्ने रहेछ भन्ने बुझ्यौ। हामी पार्टीलाई धोका दिने छैनौं। २०२४ मा हामी खटेर एसकेएम पार्टीलाई जिताउने छौ। एसडीएफ पार्टीले चुनाउ हारेपछि मात्र आफुहरूलाई सम्झाना गरेको आरोप लगाउॅंदै उनले भने, २०१९ को चुनाउमा हारेपछि मलाई युथ कन्भेनर बनायो। एसडीएफ सरकारमा २५ वर्षसम्म जसले लुटेर खाएको छ उनीहरूले युथ कन्भेनर गर्नुपर्ने हो। उनले एसडीएफ पार्टीमा मन्त्री गर्नेहरू आज कोही पनि छैनन् भन्दै आफुहरू पनि एसकेएममा सामेल हुने निर्णय लिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement