सिलगढी: खानेपानीको समस्या समाधान गर्न स्थानीयवासीले स्थानीय पञ्चायत सदस्यलाई पञ्चायत कार्यालयमा बन्धक बनाएर विरोध गरेका छन्। बुधबार माथिल्लो बागडोग्रा ग्राम पञ्चायतको दरगाउँ गाउँका महिला पुरुषको समूहले हातमा पानीको बोतल लिएर बागडोग्रा ग्राम पञ्चायतको कार्यालयमा धर्ना दिएर स्थानीय पञ्चायत सदस्य उज्ज्वल शर्मा र केही कर्मचारीलाई कार्यालयमा तालाबन्दी गरेका थिए।









