१९ अक्टोबरः मंगरटोला, जाबरा (निरपानी)-को तत्त्वावधानमा आउँदो २० अक्टोबरदेखि नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछ। मगरटोला फरेष्ट ग्राउण्डमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।









