अप्पर फागूमा नक्आउट फूटबल टुर्नामेण्ट २८ अक्टोबरदेखि

IMG-20221019-WA0130.jpg

१९ अक्टोबरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आउँदो २८ अक्टोबरदेखि नगद राशि नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। अप्पर फागू खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र गोरुबथान एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement