रुसी फाइटर जेट सुखोई एसयू-३५द्वारा १९० किलोमिटर टाढाबाट युक्रेनी विमान ध्वस्त पारेको दाबी

ce8e2d6b-a7e9-4116-abff-35b6a3089eb8

मस्को: रुसी वायुसेनाको सुखोई (एसयू-३५) फाइटर जेटले युद्धको मैदानमा नयाँ कीर्तिमान कायम गरेको दाबी गरिएको छ। प्राप्त विवरण अनुसार, रुसी जेटले करिब १९० किलोमिटरको दूरीबाट युक्रेनको मिग (मिग–२९) लडाकु विमानलाई हावामै मार गिराएको छ। सैन्य इतिहासमा यसलाई अहिलेसम्मकै सबैभन्दा लामो दूरीको सफल ‘एयर-टू-एयर किल’ (हवाइ भिडन्त) मानिएको छ।
​यो दाबी २७ जुनमा युक्रेनको पोल्टावा क्षेत्रमा भएको विमान दुर्घटना र ड्रोन आक्रमणसँग जोडिएको छ। खुला स्रोत विश्लेषकहरूका अनुसार, रुसी पाइलटले आफ्नै नियन्त्रित हवाई क्षेत्रभित्र सुरक्षित रहेर लामो दूरीको अचुक ‘आर-३७एम’ मिसाइल प्रहार गरेका थिए। यो मिसाइलको मारक क्षमता निकै घातक मानिन्छ। अमेरिकी र पश्चिमी देशका आधुनिक जेटहरूको तुलनामा एसयू-३५ को रडार प्रणाली निकै ठूलो र शक्तिशाली भएकाले यसले टाढैबाट दुश्मनको विमानलाई सजिलै पछ्याउन सक्छ। यद्यपि, केही सैन्य विज्ञहरूले सन् २०२२ को अक्टोबरमा २१७ किलोमिटर टाढाबाट युक्रेनी विमान खसालेको अर्को रेकर्ड पनि रहेको उल्लेख गरेका छन्। रुस-युक्रेन युद्धमा यो क्षेप्यास्त्र प्रविधिको प्रयोगले हवाई युद्धको रणनीतिमा ठूलो फेरबदल ल्याएको बुझिएको छ।

About Author

Advertisement