दोस्रो दिन पनि खरसाङ हाट बजारको दोकानहरु बन्द

IMG-20260629-WA0111

नगरपालिकामा ज्ञापन पत्र बुझाउने

खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका १२३ पसलेहरूलाई १५ दिनभित्र आफ्नो पसल खाली गर्न सूचना जारी गरेपछि यसको विरोधमा दोस्रो दिन पनि दोकानहरु बन्द रहेको छ। आईतवार र सोमवार पसलहरुले दोकानहरु बन्द गरेर सोमवार खरसाङ हाट बजार व्यवसायी संगठनको तर्फबाट नगरपालिकामा ज्ञापन पत्र बुझाउन गएका थिए। खरसाङ हाट बजार व्यवसायी संगठनको सभापति राजु सेवा र सचिवको अगुवाईमा दोकानेहरु नगरपालिकामा ज्ञापन पत्र बुझाउन गएका थिए। तर नगरपालिकामा नगरपालिका प्रशासक छुट्टीमा गएको र उनको स्थानमा रहेका अधिकारी पनि ट्रेनिङमा गएकोले ज्ञापन पत्र बुझाउन नसकेको खरसाङ हाट बजार व्यवसायी संगठनको सभापति राजु सेवाले बताएका छन्। उनले बताए अनुसार दोकानेहरु अब मंगलवार पनि नगरपालिकामा गएर ज्ञापन पत्र बुझाउने योजना रहेको बताएका छन्‌।

खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका १२३ पसलेहरूलाई १५ दिनभित्र आफ्नो पसल खाली गर्ने सूचना शनिवार जारी गरेपछि हाट बजार क्षेत्रमा रहेका दोकानहरु आईतवार र सोमवार बन्द रहेको थियो भने मंगलवारदेखि दोकानहरु खोलिने नखेल्ने विषयमा कुनै निश्चित जानकारी छैन। किनभने मंगलवार पनि खरसाङ हाट बजार व्यवसायी संगठनको प्रतिनिधिहरु नगरपालिका गएर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement