१९ अक्टोबरः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहको एशिया कपलाई तटस्थ स्थलमा आयोजन गर्ने बयानमाथि कड़ा प्रतिक्रिया व्यक्त गर्दै पाकिस्तानले आउँदो साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपबाट हट्ने धम्की दियो। एशियाई क्रिकेट परिषद (एसीसी)-को कार्यकारी बोर्डले लिएको फसेला अनुसार, आउँदो साल एशिया कपको आयोजन पाकिस्तानले गर्नेछ। संयोगले शाह एशियाई क्रिकेट परिषदका पनि अध्यक्ष हुन्। शाहले मुम्बईमा मंगलवार बीसीसीआईको वार्षिक आम बैठकपछि पत्रकारहरूसँग कुराकानीको क्रममा भारतले एशिया कप तटस्थ स्थलमा खेल्ने कुरा जनाएका थिए। शाहको यस्तो बयानले पाकिस्तानका वर्तमान र पूर्व क्रिकेटरहरू रिसाएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-को अध्यक्ष रमीज राजाका नजिकको सूत्रले शाहको बयानपछि भारतमा आउँदो साल हुने आईसीसी वनडे वर्ल्ड कपबाट हट्ने विचार गरिरहेको जानकारी दिएको छ। पीसीबी-को सूत्रले भनेको छ, पीसीबी अब कठोर फसेला लिन तयार छ। यस्तो ठूलो प्रतियोगिताहरूमा पाकिस्तानले भारतसँग नखेले आईसीसी र एसीसीलाई नोक्सान हुने कुरा हामीलाई थाहा छ। उल्लेखनीय छ, भारतले वैश्विक र महाद्वीपीय प्रतियोगिताहरूमा पाकिस्तान विरुद्ध खेल्ने गर्छ तर भारतीय क्रिकेट टीमले २००८-मा एशिया कपपछि पाकिस्तान यात्रा गरेको छैन। यसरी नै पाकिस्तानको टीम २०१२-मा सीमित ओभरहरूका सीरीज खेल्न अन्तिमपल्ट भारत यात्रामा आएको थियो। पीसीबी-सँग सम्पर्क गरिँदा उनीहरूले शाहको बयानमाि आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरे। पीसीबी-का एकजना प्रवक्ताले भने, हामी अहिले केही भन्न चाहदैनौं तर हामी परिस्थितिहरूमाथि नजर राख्नेछौं अनि आउँदो महिना मेलबर्नमा हुने आईसीसी बोर्डको बैठक जस्तो उचित मञ्चमा यो मुद्दा उठाउनेछौं।
यसबीच सूत्रबाट थाहालागे अनुसार, पीसीबी अध्यक्ष रमीज राजा र अन्य वरिष्ठ अधिकारीहरू शाहको बयानले रिसाएका छन् अनि उनीहरूले केही कठोर फसेला गरेका छन्। पाकिस्तानले एसीसी-बाट बाहिर हुने फसेला पनि लिन सक्छ। यसरी नै शाहको बयान अघि आएपछि पाकिस्तानका पूर्व क्रिकेटर तथा कप्तान शाहिद अफरीदीले पनि सोशल मीडियामा क्षोभ व्यक्त गरेका छन्। अफरीदीको भनाइअनुसार, दुई देशबीच मैत्रीपूर्ण माहोल बनिरहेको समय शाहले यस्तो बयान दिने कुनै आवश्यकता थिएन। यसको साथमा उनले बीसीसीआई-को प्रशासनमा अनुभवको कमी रहेको आरोप पनि लगाए। अफरीदीले ट्वीट गरेका छन्, गत १२ महिनादेखि दुई देशका खेलाड़ीहरूबीच मैत्रीपूर्ण सम्बन्ध बनिएको छ। यसले दुई देशबीच फील गुड फ्याक्टर उत्पन्न भएको छ। यसैकारण बीसीसीआई सचिवले टी२० वर्ल्ड कपको पूर्व संध्यामा यस्तो बयान दिनु अनुचित हो। यसले भारतीय क्रिकेट प्रशासनमा अनुभवको कमीलाई दर्शाउँछ।









