मानबीर कलोनीमा शुरू गरियो सिटीजन एनिमल सेन्टर

Assorted-Pets-domestic-animals-4741648-871-551.jpg

गान्तोक। अप्पर बुर्तुकस्थित मानबीर कलोनीका केही शिक्षित युवाहरू मिलेर सिटिजन एनीमल सेन्टर शुरू गर्ने आज घोषणा गरेका छन्। यस विषयलाई लिएर आज मानबीर कलोनीमा एक सभा बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भयो। यस सभामा भेटनेरी डाक्टर मेनुका गुरूङ, एसकेएम पार्टी सीएलसी अध्यक्ष सञ्जीब गुरूङ लगायत स्थानीयहरूले सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै डाक्टर मेनुका गुरूङले धेरै मानिसहरूले आफूहरूलाई पशुप्रेमी बताउँछन् तर बाहिर मात्र पशुप्रेमी नभएर मनभित्रबाट नै पशुप्रेमी हुँ भन्नै उदाहरण प्रस्तुत गर्नुपर्ने बताइन्। सेल्टर मात्र खोलेर हुँदैन,यसलाई सऱ्चालन गर्न पनि मानव संसाधनको आवश्यकता पर्ने जानकारी गराइन्। यस सेल्टरमा एक जना भेटनेरी डाक्टर हुन आवश्यक रहेको उनले अवगत गराइन्। घरमा पालेको कुकुरहरू बिरामी भएको खण्डमा कतिपय मानिसहरूले सडकमा छोडने गरेको हुनाले अहिले कुकुरहरूको संख्यामा वृद्धि भइरहेको बताइन्। सोही क्रममा सीएलसी अध्यक्ष सञ्जीब गुरूङले संस्थालाई आफ्नो तर्फबाट सबै प्रकारको सहयोग गर्न आश्वासन दिए। यस राम्रो कामको निम्ति सबैले सहयोग गर्नुपर्ने उनले आग्रह गरे। यसरी नै एसकेएम मुख्यालयका सचिव पंकज गिरीले स्थानीय युवाहरूले राम्रो कामको थाल्नी गरेको र यसमा सबैले सहयोग गर्नुपर्ने सुझाउ दिए। पशुप्राणीसँग कस्तो व्यवहार गर्नुपर्छ त्यसबारेमा सचेतना कार्यक्रम आयोजना गर्न आवश्यक रहेको उनले महसुस गरे। यस प्रकारको कार्य सबैको सहयोगमा मात्र सफल हुने उनको भनाइ थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement