सिक्किमका मुख्यमन्त्री तामाङ दार्जिलिङमा, साकेला उभौलीमा सहभागी

FB_IMG_1782644176789

दार्जिलिङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ: आइतबार दार्जिलिङ आइपुगेका छन्। किरात खम्बु (राई) सांस्कृतिक संस्थानद्वारा आयोजित ‘साकेला उभौली’ उत्सवमा मुख्य अतिथि रूपमा सहभागी हुन उनी यहाँ आइपुगेका हुन्।
​दार्जिलिङ पर्वतीय क्षेत्रका तर्फबाट सांसद राजू विष्टले मुख्यमन्त्री तामाङलाई भव्य स्वागत जनाए। स्वागत गर्दै यहाँका स्थानीय नेतृत्व तथा जनसाधारणले मुख्यमन्त्री तामाङको दार्जिलिङ भ्रमणप्रति खुसी व्यक्त गरेका छन्।
​साकेला उत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सांस्कृतिक विविधता र पारस्परिक सद्भावको महत्त्वमाथि प्रकाश पारे। स्वागतकर्ताहरूका अनुसार सिक्किमका मुख्यमन्त्रीको यस गरिमामय उपस्थितिले दार्जिलिङ र सिक्किमका जनताबीचको ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाएको छ।
​सांस्कृतिक संस्थानले आयोजना गरेको उक्त कार्यक्रममा पारम्परिक साकेला सिली नृत्यसहित विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। भ्रमणका क्रममा दुई क्षेत्रबीचको आपसी भाइचारा र सहकार्यका विषयमा समेत सकारात्मक चर्चा भएको जनाइएको छ।

About Author

Advertisement