ग्रुप एल-बाट ईंग्ल्याण्ड र क्रोएशियाको साथमा घाना पनि नक्आउट राउण्डमा पुग्न सफल

IMG-20260628-WA0038

न्यूयोर्क: फिफा वर्ल्ड कप २०२६-मा ग्रुप एल-बाट ईंग्ल्याण्ड र क्रोएशियाको साथमा अफ्रिकी देश घानाले नक्आउट राउण्डमा प्रवेश गऱ्यो। शनिवार अबेर राति खेलिएको म्याचमा ईंग्ल्याण्ड र क्रोएशियाले आ-आफ्नो म्याच जित्यो। यसरी ग्रुप एल-मा ईंग्ल्याण्ड ३ वटा म्याचमा ७ अंकको साथ ग्रुप विजेता बन्यो। यसरी ग्रुप उपविजेता क्रोएशिया ६ अंकको साथ दोस्रो स्थानमा रह्यो। घाना ४ अंकको साथ तेस्रो स्थानमा रहे पनि तेस्रो स्थानमा रहने सर्वश्रेष्ठ ८ वटा टीममा सामेल रहेर नक्आउट राउण्डमा पुग्यो। आफ्नो तीनैवटा म्याच हार्ने पानामाले चाहिँ बिदा लियो। ईंग्ल्याण्डले ग्रुप चरणको आफ्नो अन्तिम म्याचमा पानामालाई २-०-ले पराजित गऱ्यो। न्यूयोर्क न्यू जर्सी स्टेडियममा खेलिएको यस म्याचमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने ईंग्ल्याण्डलाई गोलको निम्ति निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो। अन्तमा टीमले दोस्रो हाफको खेलमा ५ मिनटभित्र २ गोल गरी म्याच जित्यो। ईंग्ल्याण्डको निम्ति जूड बेलिंघमले ६२औं मिनटमा पहिलो गोल गरे। त्यसपछि कप्तान ह्यारी केनले ६७औं मिनटमा अझ एक गोल गरी पानामाको हार सुनिश्चित गरे। यो केनको वर्ल्ड कपमा ११औं गोल हो अनि यसको साथै उनले ईंग्ल्याण्डको निम्ति वर्ल्ड कपमा सर्वाधिक गोल गर्ने मामिलामा ग्यारी लिनेकर (१०)-को रेकर्ड तोड़े। २०१८-मा रुसमा भएको वर्ल्ड कपको म्याचमा ईंग्ल्याण्डले पानामालाई ६-१-ले पिटेको थियो तर यसपाली म्याच निक्कै चुनौतीपूर्ण रह्यो। पानामाले पहिलो हाफमा मजबूत रक्षात्मक खेल देखाएर ईंग्ल्याण्डको लगातार हमलालाई विफल गऱ्यो तर दोस्रो हाफमा चाहिँ टीम आत्मसमर्पण गर्न वाध्य भयो। ईंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले घानाविरुद्ध ड्र पछि प्रथम एकादशमा ५ वटा फेरबदल गरे। मोर्गन रोजर्स, मार्कस रासफर्ड र बुकायो साकाले पहिलोपल्ट यस वर्ल्ड कपमा शुरुवाती एकादशमा स्थान पाए।
यसरी ग्रुप एल-को अन्य एउटा महत्त्वपूर्ण म्याचमा क्रोएशियाले लड़ाकू घानालाई २-१-ले पराजित गऱ्यो। यस जीतको साथ ज्लात्को डालिचको टीमले अंक तालिकामा घानालाई पछि छोड़ेर दोस्रो स्थान हासिल गरी राउण्ड अफ ३२-मा प्रवेश गऱ्यो। म्याच ड्र रहेको भए पनि क्रोएशिया तेस्रो स्थानमा रहने सर्वश्रेष्ठ टीमहरूमा सामेल भए अघि बढ़न सक्ने थियो तर टीमले शुरुवातदेखि नै जीतको मानसिकता देखाएर आक्रामक फूटबल खेल्यो। फिलाडेल्फिया स्टेडियममा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने क्रोएशियाकाको तर्फबाट निकोला व्लासिचले १७औं मिनटमा २० गजको दूरीबाट दर्शनीय शट् लगाएका थिए तर गोली पोस्टको बाहिरी हिस्सामा लाग्यो। लगातार हमला गर्ने क्रोएशियालाई अन्तमा ३१औं मिनटमा बढ़त हासिल गऱ्यो। पेटर सुसिचले यूरोपेली टीमको निम्ति पहिलो गोल गरे अनि क्रोएशियाले त्यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। पहिलो हाफमा घानाले अधिक प्रभावित गर्न सकेन अनि एण्टोनी सेमेन्योले मात्र केही असल प्रयास गरे। दोस्रो हाफमा घानालाई सम्पूर्ण रूपले अलग रूपमा देखियो अनि टीमले लगातार आक्रमण गर्न थाल्यो। डेरेक लुकासेनले ७३औं मिनटमा फ्री-किकमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। घानाको खुशीयाली अधिक समयसम्म कायम रहन सकेन अनि १० मिनटपछि लुका मोड्रिचको कर्नरमा निकोला व्लासिच कुनै मार्किंग बिना बक्समा पुगे अनि हेडरद्वारा गोल गरी क्रोएशियालाई २-१-को निर्णायक बढ़त दिलाए।

About Author

Advertisement