सिलगढी: कोरोनेसन ब्रिज जसलाई बाघपुल भनेर चिनिन्छ।यही बाघपुलबाट खसेर सिक्किमका एक २६ वर्षीय युवकको मृत्यु भएको छ। यो घटना आज ४ बजेको हो।
मङ्पङ पुलिस थानाका थाना प्रभारी हिमाद्री डोग्राले जानकारी दिए अनुसार ती युवकले आत्महत्या गरेका हुन्। पुलिस अधिकारी डोग्राका अनुसार युवकको नाम कर्म वाङ्चुक गुरुङ हो। उनी पूर्व सिक्किमको तादोङनिवासी हुन्। पुलिसले थप जानकारी गराएअनुसार ती युवक केही समयदेखि सिलगढी बस्दै आएका थिए। पुलिसले मृत शरीरलाई पोस्टमर्टमका लागि मालबजार अस्पताल पठाएको छ भने युवकका आफन्तहरूलाई पनि खबर गरेको छ।