त्रिपुरा: ‘खेत बचाओ अभियान’ अन्तर्गत बामुटिया बेरीमुरामा कार्यशाला सम्पन्न

FB_IMG_1782496877218

दिगो कृषिका लागि किसानहरूलाई प्रोत्साहन

बामुटिया: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशका किसान र कृषिमा आधारित अर्थतन्त्र नयाँ ऊर्जाका साथ अघि बढिरहेको सन्दर्भमा आज बामुटिया बेरीमुरा स्कुलको प्राङ्गणमा एकदिवसीय कार्यशाला सम्पन्न भएको छ। दिगो एवं जैविक ऊर्जामा आधारित कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारत सरकारद्वारा सञ्चालित ‘खेत बचाओ अभियान’ अन्तर्गत यस कार्यशालाको आयोजना गरिएको हो।
​उक्त कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै, मुख्यमंत्री माणिक साहाले कृषकहरूलाई आधुनिक कृषि प्रणाली अपनाउन प्रोत्साहन गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले आधुनिक कृषि केवल आर्थिक लाभका लागि रासायनिक पदार्थहरूमा मात्र निर्भर हुन नहुने र यो भविष्यप्रतिको जिम्मेवारी एवं जवाफदेहितासँग पनि जोडिएको कुरामा जोड दिनुभयो।

​जैविक ऊर्जामा आधारित कृषि प्रणालीले माटोको उर्वराशक्ति जोगाउनुका साथै वातावरण संरक्षण र किसानहरूको दीर्घकालीन हित गर्ने भएकाले ‘खेत बचाओ अभियान’ लाई सफल बनाउन उपस्थित किसानहरूलाई विशेष आग्रह गरिएको छ।

About Author

Advertisement