गान्तोक: आगामी १० नोभेम्बरमा हुन गइरहेको पञ्चायत चुनाउको निम्ति नामाङकन पत्र भर्ने आज अन्तिम कूल ४७ जनाले नामाङकन पत्र बुझाए। आज बुझाइएको ४७ वटा नामाङकन पत्र मध्ये 5 जनालेजिल्ला पञ्चायत र ४२ जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएका छन्। नवगठित पाकिम जिल्लामा कूल १६४ वटा वार्ड र १९ वटा जिल्ला पञ्चायत रहेको छ। यसरी नै यस नयाँ जिल्लामा कूल ६८ हजार १९७ जना मतदाताहरूको संख्या रहेको छ, जसमा महिला मतदाताहरू ३४ हजार १८२ रहेका छन् भने पुरूष मतदाताहरूको संख्या ३४ हजार ०१५ रहेको छ। यसै क्रममा आज नाम्ची जिल्लाबाट कूल ६४ जनाले अन्तिम दिन नामाङकन पत्र बुझाएका छन्, जस मध्ये २० जनाले जिल्ला पञ्चायत र ४४ जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र भरेका छन्। सोही प्रकारले गेजिङ जिल्लामा आज २१ जनाले जिल्ला र 86 जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएका छन्। आजसम्म ८३ जनाले जिल्ला र ३९४ जनाले वार्ड पञ्चायतको निम्ति नाम्ची जिल्लाबाट मनोनय पत्र बुझाएका छन्। सोही प्रकारले सोरेङ जिल्लाबाट आज नामाङकन पत्र बुझाउने अन्तिम दिन कूल ५८ जनाले नामाङकन पत्र बुझाए,जसमा १९ जनाले जिल्ला र ३९ जनाले वार्ड पञ्चायतको निम्ति बुझाएका हुन्। अहिलेसम्म सोरेङ जिल्लबाट वार्ड पञ्चायतको निम्ति ३८० जनाले र २६ जनाले जिल्ला पञ्चायतको निम्ति बुझाएका छन्। नवगठित सोरेङ जिल्लामा १७ वटा जिल्ला पञ्चायत र २ सय वटा ग्राम पञ्चायत वार्ड रहेको छ। सोही प्रकारले गान्तोक जिल्लाबाट आज कूल २९ जनाले नामाङकन पत्र बुझाएका छन्। सोही प्रकारले मंगन जिल्लाबाट आज कूल ११ जनाले नामाङकन पत्र बुझाएका छन् जसमा ५ जनाले जिल्ला पञ्चायत र ६ जनाले वार्ड पञ्चायतको निम्ति बुझाएका हुन्। यस जिल्लामा कूल २०३ जनाले वार्ड र ५३ जनाले जिल्ला पञ्चायतको निम्ति बुझाएको जानकारी गराइएको छ।
.उल्लेखनीय छ, राज्यमा हुन गइरहेको पञ्चायत चुनाउ यसपाली पार्टीविहिन हुने भएको छ भने यसको निम्ति आज १८ अक्टोबरसम्म इच्छुक उम्मेदवारहरूले नामाङकन पत्र बुझाएका छन्। नामाङकन पत्रको जाँच भोलि १९ अक्टोबरको दिन हुने छ भने २१ अक्टोबरमा उम्मेदावरहरूले आफ्नो नामाङकन पत्र फिर्ता लिन सक्नेछन्। १२ नोभेम्बरको दिन मतगणना हुने चुनाउ आयोगले अगावै घोषणा गरिसकेको छ।