गान्तोक। मंगन जिल्लाको लाचुङदेखि नजिक खेदुङ भीरमा वाहन दुर्घटनाग्रस्त हुँदा पाँच जना पर्यटक लगायत एक जना चालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार उक्त घटना हिजो बेलुकी ८-९ बजीको बीचमा भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। दुर्घटनमा परि मृत्यु हुने पाँच जना पर्यटक महाराष्ट्र निवासी रहेको थाह लागेको छ। मृत्यु हुनेहरूमा सुरेश पुनमिया, दिब्याशी पुनमिया, हिरल पुनमिया, जयम परामर परामर्ग, तोरल पुनमिया सामेल रहेका छन् भने चालक सोमी विश्वकर्माको पनि मृत्यु भएको छ।

हिजो दुर्घटनामा परि मृत्यु हुनेहरूको शव आज बिहान उद्दार गरिएको छ। हिजो राती दुर्घटना भएको कारण रातमा खोजी अभियान गर्न कठिनाइ भएकोले आज विहानदेखि नै खोजी अभियान शुरू गरिएको थियो। उक्त वाहन सडकदेखि लगभग ५ सय फुट तल खसेको बताइएको छ। खोजी अभियानमा मंगन पुलिस, चुङथाङ पुलिस, सेनाका जवान साथै स्थायनीहरूले पनि सहयोग पुऱ्याएका थिए।










