पाकिम र गान्तोक जिल्लाका रिटर्निङ अधिकारीले गरे स्ट्रङरूमको निरीक्षण

IMG-20221018-WA0243.jpg

गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई पारदर्शी ढङ्गमा सम्पन्न गराउनको निम्ति पाकिम जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी टाशी छोपेलले पहल शुरू गरेका छन्। यसै क्रममा आज उनले डिकलिङ उच्चत्तर माध्यमिक विद्यालयमा बनाइएको स्ट्रङ रूमको निरीक्षण गरे। स्ट्रङरूपमा चुनाउको निम्ति ल्याइएको इभीएम मशिन राखिएको छ। निरीक्षणको क्रममा पर्यवेक्षक तेञ्जिङ के. कल्योण, एएसपी पाकिम रिञ्जिङ छोपेल लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। सोही प्रकारले राज्य चुनाउ आयोगका सचिव टीएन भोटियाले पनि आज इभीएम स्ट्रङरूमको निरीक्षण गरे। सिच्छेस्थित जिल्ला पञ्चायत भवनमा स्ट्रङरूम बनाइएको छ। यस अवसरमा धर्म विभागका विशेष सचिव एवम चुनाउ पर्यवेक्षक किन्छो डोमा लेप्चा, रिटर्निङ अधिकारी राघुल के. लगायत अन्य अधिकारीहरू पनि निरीक्षणको क्रममा सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement