तिमी नाम्फिङबाट स्वतन्त्र प्रत्याशी विकास शर्माले पन्चायत चुनावमा उच्च पदाधिकारीहरुको हस्तक्षेप रहेको गुनासो गरे

photocollage_20221018221658814.jpg

गान्तोक: तिमी-नाम्फिङ समष्टिको ०७ तिमी-तार्कु जिल्ला समष्टिबाट स्वतन्त्र जिल्ला पञ्चायत प्रत्याशी विकास शर्मा दाहाल रहेको छन्। उनले पार्टीगत रूपमा नभएर स्वतन्त्र रूपमा सम्पन्न गरिने वर्तमान पञ्चायत चुनाउ वास्तवमा स्वतन्त्र तवरमा नभइरहेको तर यसमा सत्तारूढ़ पार्टीका कतिपय उच्च तहका पदाधिकारीहरूले हस्तक्षेप गरिरहेको गुनासो व्यक्त गरेका छन्। आज समष्टिको गेञ्चुङ वार्डमा आयोजित एक सभालाई सम्बोधनको क्रममा उनले गुनासो व्यक्त गरेका हुन्। यस सन्दर्भमा उनले हालैमा तिमी नाम्फिङको छलमथाङमा दक्षिण जिल्लाका पूर्व जिल्ला उपाध्यक्षले पञ्चायत चुनाउलाई प्रभावित गर्न आफ्नो पद र सरकारी वाहनको समेत उपयोग गरिरहेको समयमा मिडियाको नजरमा आएको घटनाको पनि उल्लेख गरेका छन्। भारतीय जनता युवा मोर्चाका राज्य सभापति समेत रहेका विकास शर्मा दाहालले पूर्वको सरकार विपरीत वर्तमान सरकारले पार्टीगत नभएर स्वतन्त्र रूपमा सम्पन्न गरिइने घोषाणा गरिएको पञ्चायत चुनाउमा सत्तारूढ पार्टीका कतिपय उच्च पदस्थ व्यक्तिहरूले हस्तक्षेप गरिरहेको बताउँदै यसले निष्पक्ष मतदानमाथि सोझो असर पार्ने अभिव्यक्ति दिएका छन्। आफ्नो क्षेत्रमा कतिपय विकासीय कार्यहरूलाई अघि बढ़ाउने लक्ष्य राखेर आफूँले जिल्ला पञ्चायत प्रत्याशीको रूपमा नामाङ्कन भरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement