इन्टरपोल महासभामा दाउद र हाफिज सईदको प्रश्न उठ्दा पाकिस्तान चुप

00-Dawood

नयाँ दिल्ली: राष्ट्रिय राजधानी दिल्लीको प्रगति मैदानमा इन्टरपोलको ९०औँ वार्षिक साधारणसभा आयोजना गरिएको छ। चार दिनसम्म चल्ने यस महासभामा सदस्य राष्ट्रका मन्त्री, प्रहरी प्रमुख, केन्द्रीय ब्यूरो प्रमुख र वरिष्ठ पुलिस अधिकारीसहित विश्वका १९५ देशका प्रतिनिधिको सहभागिता रहेको छ। बैठकमा सहभागी हुन पाकिस्तानी प्रतिनिधिमण्डल पनि दिल्ली पुगेको छ।

जब पाकिस्तानको यो प्रतिनिधिमण्डललाई इन्टरपोलको कार्यक्रममा सोधिएको थियो कि उनीहरूले अन्डरवर्ल्ड डन दाउद इब्राहिम र लश्कर-ए-तैयबाका प्रमुख हाफिज सईदलाई भारतलाई सुम्पनेछन्, यो प्रश्नमा उनले मौन रहे। बारम्बार अन्तर्राष्ट्रिय फोरममा दाउद पाकिस्तानमा रहेको भनिएको छ। ‘यसमा तपाईको प्रतिक्रिया के छ?’ ‘के दाउद पाकिस्तानमा छ ? के उनी किल्फटन रोड, कराचीमा बस्छन्? यसमा पाकिस्तानको के भनाइ छ?’ संचारमाध्यमहरुले सोधेको यी सबै प्रश्नमा पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का महानिर्देशक मोहसिन बटले जवाफ दिन अस्वीकार गरे। महासभाको बैठक अक्टोबर १८ देखि अक्टोबर २१ सम्म राजधानी दिल्लीमा चल्नेछ। साधारण सभा इन्टरपोलको सर्वोच्च प्रशासकीय निकाय हो र वर्षमा एक पटक बैठक बस्छ। बैठकमा इन्टरपोलको कामको समिक्षा हुनुका साथै महत्वपूर्ण निर्णयहरु पनि हुने बताइएको छ। बैठकमा आर्थिक अपराध र भ्रष्टाचारका विभिन्न पक्षमा छलफल हुनेछ। इन्टरपोलको महासभा २५ वर्षपछि भारतमा बस्दैछ। पछिल्लो पटक यो महासभा भारतमा सन् १९९७ मा भएको थियो। भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवको अवसरमा यस पटकको महासभालाई नयाँ दिल्लीमा आयोजना गर्ने विशेष अवसर दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement