जलपाईगुडी: पश्चिम बंगाल मान्यता प्राप्त विनाअनुदानित मदरसा शिक्षक संघले मंगलबार जलपाईगुडी जिल्ला अधिकारीको कार्यालयमा विभिन्न मागहरूको सम्बन्धमा ज्ञापनपत्र बुझायो। जलपाईगुडी जिल्लामा पाँचवटा मदरसा छन्। मदरसाको पूर्वाधार सुधारका लागि पहल नभएको शिक्षकहरुले गुनासो गरेका छन्। मंगलबार शिक्षक संघका तर्फबाट जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ। सङ्गठनका प्रदेश नेतृ नग्मा नाजले भनिन्, ‘यस विषयमा सम्बन्धित निकायसँग तत्काल हस्तक्षेपको माग गरिएको छ। माग पूरा नभए ठूला आन्दोलन गर्ने।









