सिक्किमका अनमोल शर्मा नेपालको ‘जुनियर: द पोएट आइडल’ को उत्कृष्ट २० मा पर्न सफल

880e02d3-8e90-4122-a4a4-d081fe97d3b5

गान्तोक: सिक्किमको सोरेङ जिल्ला अन्तर्गत दरामदिन निवासी १८ वर्षीय अनमोल शर्मा नेपालको रियालिटी शो ‘जुनियर: द पोएट आइडल’ को पहिलो संस्करणको उत्कृष्ट २० (टप २०) मा पर्न सफल भएका छन्।
​नेपालभरि सञ्चालन गरिएको डिजिटल तथा भौतिक अडिसनपछि यो प्रतियोगिता आधिकारिक रूपमा टेलिभिजनमा प्रसारण हुन थालेको हो। यो सो हरेक मङ्गलबार राति ८:०० बजे प्राइम टेलिभिजन एचडी र ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण हुँदै आएको छ।
​मङ्गलबार मात्रै अनमोलको परिचयात्मक प्रस्तुति प्रसारण भएको थियो, जसलाई कार्यक्रमका निर्णायक र दर्शक दुवैले निकै रुचाएका छन् र उनको चौतर्फी प्रशंसा भइरहेको छ।

About Author

Advertisement