वीरपाडा- टोटोपाडा बजार लाइनमा टोटो कल्याण समितिले उक्त बसका चालकलाई खदार्पण गरी सम्मान जनाए। बस चालक जमल अलि लगायत बस मालिक मोहन साहा, कन्डक्टर सुजाल साहलाई पनि वाहन सेवाको निम्ति सम्मान जनायो। धेरै सालदेखि प्रतिदिन एकमात्र बस मौसोना सुपर बसले टोटोपाडाका मानिसहरूलाई मदारीहाट, बीरपाडा, धुपगढी, जलपाइगढी आदि ठाउँहरूमा पुऱ्याउने काम गरी आएको छ। राज्य सरकारले यातायातको निम्ति टोटोपाडादेखि अलिपुरद्वार जाने एउटा एनबीएसटीसी बस प्रदान गरे तापनि उक्त सरकारी बस बर्खाको समय बन्द रहने बारे समाजसेवी सोनी टोटोले बताएका छ। बर्खाको समयमा स्थानीय बर्खे खोला बाङरीले पुल नहुनले धेरै बाधा पुऱ्याउने गर्दछ। सरकारी बसको चालकले बाङरी नदीको कारण बस आउँदैन तर मौसोना सुपर बसको चालकले भने बर्खा यामको समयमा पनि यातायात सेवा प्रदान गरेको तिनले बताए। मौसोनी सुपर बस नियमित रूपमा चल्ने गरेकोले विशेष गरी स्थानीय निवासीहरू अनि विद्यार्थीहरूलाई धेरै सुविधा भएको पनि सोनी टोटोले बताए। बस चालक, कन्डक्टर अनि चालकलाई धन्यवाद ज्ञापन दिनलाई आज उक्त कार्यक्रमको आयोजन गरिएको छ।

आज उक्त कार्यक्रममा टोटो कल्याण समितिका सचिव बकुल टोटो, टोटोपाडाका मुखिया कैजी इन्द्रजीत टोटो, पोकिन्सा कल्बका सचिव आशोक टोटो लगायत रूपचन्द टोटो, बुद्धिमान टोटो, सुरेन टोटो आदि उपस्थित थिए।