तिम्रो सम्झनामा गीत सङ्गालो सार्वजनिक

2985756b-e4a9-4a54-9013-c01ffa9aada4


बाग्राकोट – धेरै समय अन्तरालपछि हिज बाग्राकोटमा एतिहासिक कार्यक्रमबिच तीनवटा गीतहरू समावेश गरेको तिम्रो सम्झनामा नामक गीति एल्बमको बिमोचन गरियो। यसैदिन युवटुबमा पनि सार्वजनिक गरियो। गत वर्षको सेप्टेम्बर महीनामा आकस्मिक निधन भएका युवा कलाकार निश्चय रोकाको स्मृतिमा उनका पिता शिक्षक उमेश रोकाले छोराको सङ्गीतप्रति प्रेम र लगनलाई ध्यानमा राख्दै स्मृतिस्वरुप यो गीति एल्बम निकालिएको हो। गणेश गजमेर, नरेन्द्र खड्काद्वारा लिखित गीतहरूलाई खरसाङबाट विक्रम कालीकोटे, महेश सेवा र सिलगढीका रजनी सुन्दासले स्वर दिएका छन्। डुवर्सका चर्चित गायक एवम् चित्रकार अजय थापा मुख्य अतिथिको रुपमा रहेको कार्यक्रममा अध्यक्ष स्थानीय सङ्गीतकार किशोर सुन्दासले गरेका थिए भने अतिथिहरूमा मिनबहादुर गुरुङ, अशोक रोका, रूपेश शर्मा, दिलीप शर्मा, उमेश रोकाका पिता कुलबहादुर रोका, सुमन निरौला आदि मन्चमा उपस्थित थिए। घरमै प्रोडक्सन मिरिकले छायाङ्कन गरेको गीतहरू सङ्गालो कार्यक्रमलाई अजय खड्काले सञ्चालन गरेका थिए।


बाग्राकोटको भूमिमा तीन-चार दशकपछि उमेश रोकाद्वारा सङ्गीतबद्ध युवटुबमा छोडिएको गीतलाई एतिहासिक कदम बताउँदै उमेश रोकाको सोँचलाई गीतमा परिणत गर्ने सम्पूर्णमा आभार व्याक्त गरे। अध्यक्ष एवम् अतिथिहरूलाई खदा टिका लगाई स्वागत जनाएपछि निश्चय रोका साथै विनोद साङ्देन, प्रसाद रणपहेली आदिको स्मरणमा एक मिनटको मौन धारण गरेपछि तीनैवटा गीतहरूलाई क्रमैले दर्शकअघि घरमै प्रोडक्सनको पक्षबाट अंजुप लामा र प्रलात कार्कीले प्रोजेक्टरमा गीत देखाएपछि वेगवसन्त थापाले तीनैवटा गीतहरूको समीक्षा गरे। उमेश रोकाले यस गीति सङ्गालो निकाल्दाको अनुभवहरू साझा गरे। यसै अवधि यस गीति सङ्गालोमा आवद्ध रहेका कलाकारहरूलाई पनि मञ्चमा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement