शिक्षक नियुक्तिमा दुर्नीति‌ मामिला लिएर एबीपीटीएद्वारा अलिपुरद्वार डीपीएससीमा धरना प्रदर्शन

d0349b7c-a60f-46a0-9bdd-087873dcb762

कालचिनी – एसएससी र टेट परीक्षामा दुर्नीति गर्ने आरोपीहरुलाई पक्राउ गरिनु पर्ने एवम् घुस दिएर शिक्षक बनेकाहरूलाई बर्खास्त गर्दै योग्य र वञ्चित परीक्षार्थीहरूलाई नौकरी प्रदान गरिनु पर्ने आदि दाबी लिएर आज अलिपुरद्वार जिल्ला प्राथमिक शिक्षा पर्षद (डीपीएससी)को कार्यालय अघि अल बेंगल प्राइमरी टीचर्स एसोसिएशन (एबीपीटीए) का सदस्यहरूले धरना प्रदर्शन गरेका थिए।

एबीपीटीएका अलिपुरद्वार जिल्ला सचिव प्रसेनजीत रायले वर्तमान शिक्षा विभागका प्रमुखहरू सबै जेलमा छ शिक्षा व्यवस्था सबै चौपट भएकोले राज्य सरकारलाई धिक्कार जनाउनै पर्ने भएकोले आज अलिपुरद्वार डीपीएससी कार्यालय अघि धरना एवम् विरोध प्रदर्शन गरिएको र जबसम्म नकली रुपमा चोरबाटो छिरेर नौकरी पाउनेहरूलाई पक्राउ गरिन्दैन तबसम्म यसप्रकारको विरोध र आन्दोलन जारी रहने एबीपीटीएका सदस्यहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement