पानामाविरुद्ध क्रोएशियाको रोमाञ्चक जीत

IMG-20260624-WA0032

टोरण्टो: फिफा वर्ल्ड कप २०२६- मा क्रोएशियाले जसोतसो जीतको स्वाद चाख्यो। बुधवार बिहान खेलिएको ग्रुप एल-को म्याचमा क्रोएशियाले पानामालाई १-०-ले पराजित गऱ्यो। साल २०१८-को उपविजेता क्रोएशियाको यो वर्ल्ड कपको जारी संस्करणमा पहिलो जीत हो र यस जीतले टीमललाई ठूलो राहत हासिल भएको छ। क्यानाडाको टोरण्टो स्टेडियममा खेलिएको यस रोमाञ्चक म्याचमा एण्टे बुडिमिरले दोस्रो हाफमा दिलाएको एकमात्र गोल क्रोएशियालाई म्याच जिताउन पर्याप्त भयो। उनले ५३औं मिनटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएशियालाई बढ़त दिलाए, जुन अन्तमा गएर निर्णायक साबित भयो। त्यसपछि रहल समयमा दुवै टीमले लगातार प्रयास गरे पनि गोल हासिल गर्न सकेन। आफ्नो पहिलो म्याचमा ईंग्ल्याण्डविरुद्ध ४-२-ले पराजित हुने क्रोएशियाको निम्ति यो जीत मनोबल बढ़ाउने साबित हुनेछ। यस जीतको साथ क्रोएशिया २ वटा म्याचमा ३ अंकको साथ ग्रुपको तेस्रो स्थानमा रहन पुग्यो। क्रोएशियाले अब अन्तिम म्याचमा घानाको सामना गर्नेछ अनि ग्रुप चरणको वाधा पार गर्न उक्त म्याच टीमको निम्ति महत्त्वपूर्ण हुनेछ। घानालाई पराजित गर्न सके क्रोएशिया ग्रुप एल-को शीर्ष दुईमा रहेर नक्आउट चरणमा पुग्नेछ। यसबीच लगातार दोस्रो हारपछि पानामा चाहिँ ग्रुप चरणबाटै बाहिर हुने तय भएको छ। पानामाले आफ्नो पहिलो म्याचमा पनि घानाविरुद्ध १-०-ले हारको सामना गर्नु परेको थियो। पानामाको अन्तिम म्याच ईंग्ल्याण्डसँग रहेको छ। पानामाविरुद्ध मैदानमा ओर्लिनको साथै क्रोएशियाका कप्तान तथा दिग्गज फूटबलर लुका मोडरिचले अन्तर्राष्ट्रिय फूटबलमा आफ्नो २००औं म्याच खेले। अन्तर्राष्ट्रिय फूटबलमा उनी यस उपलब्धिसम्म पुग्ने केवल चौथो खेलाड़ी हुन्। पोर्तुगलका क्रिस्टियानो रोनाल्डोले २३०, कुवेतका बाडेर अल-मुटुवाले २०२ र अर्जेण्टिनाका लियोनल मेस्सीले २०१ वटा म्याच खेलेका छन्।

About Author

Advertisement