मंगनमा “उत्तर सिक्किम प्रतिभाको खोज” सम्पन्न

IMG-20220529-WA0164.jpg

गान्तोक। “बेटी बचाओ बेटी पढाओ” विषय अन्तर्गत एक प्रतियोगितात्मक कार्यक्रम “उत्तर सिक्किम प्रतिभा को खोज” मंगन जिल्ला भवनमा आयोजित गरियो। सडक तथा पुल विभागका मन्त्री साम्डुप लेप्चाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगन, चुङथाङ, अतिरिक्त जिल्लापल (विकास) ग्राम विकास अधिकारी, नगर पञ्चायतका पार्षदहरु, लगायतको उपस्थिति रहेको थियो। मङ्गन जिल्ला वरपरका लाइन विभागका अधिकारी र कर्मचारीहरू, प्रधानाध्यापक, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरू पनि उपस्थित थिए। कार्यक्रममा गायन प्रतियोगिता, हस्तलेखन प्रतियोगिता र निबन्ध प्रतियोगिता गरी तीनवटा विभिन्न कार्यक्रमको फाइनल भएको थियो। उत्तर सिक्किम प्रतिभा को खोजको लागि कुल ३३ स्कूलहरूले प्रतिस्पर्धा गरेका थिए। गायन प्रतियोगितामा सहभागीहरूले “बेटी बचाओ बेटी पढाओ” शीर्षकमा मौलिक गीत रचना गर्नु पर्ने थियो र त्यसैलाई प्रस्तुत गर्नु पर्ने थियो। सोलो विधाका विजेताले बेटी बचाओ बेटी पढाओको थिम गीतका रूपमा आफ्नो मौलिक रचना बनाउने अवसर पाउनेछन्। सडक तथा पुल विभाग मन्त्रीले आफ्नो सम्बोधनमा देवराली फ्लिम प्रोडक्सनले गायन प्रतियोगिताको अनलाइन अडिसनमा गरेको कामप्रति आभार प्रकट गर्दै सबैलाई बधाई दिए। यसअन्तन्तर्गत जिल्लामा भएको यो कार्यक्रम एक किसिमको सन्देशमूलक भएको बताए। त्यसपछि उनले बेटी बचाओ बेटी पढाओ योजनाको बारेमा कुरा गरे र छात्राहरूलाई आत्मनिर्भर हुन प्रोत्साहित गरे। उनले सरकारको आमा र बहिनी योजनाबारे पनि जानकारी दिए। कार्यक्रमको प्रारम्भमा जिल्लापाल डा. एबी कार्कीले सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै मङ्गन जिल्लामा उदीयमान प्रतिभाको खोजी र सहयोगका लागि कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा मङ्गन जिल्लाका ७ जना विशेष अतिथि कलाकार, ३ जना आङ्गनवाड़ी कार्यकर्ता र ६ जना आशा कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो। आरबी भण्डारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन, नतिजा घोषणा गरे र विजेतालाई बीस हजार, प्रथम उपविजेतालाई दश हजार र सेकेन्ड रनर अपलाई पाँच हजार, पुरस्कार वितरण र चेक वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement