तलब वृद्धिको घोषणामा नसमेटिएको भन्दै सिलगढीका सहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरूद्वारा ज्ञापनपत्र दर्ता

298959bb-f8e7-439d-bfd5-f3c0c673c84a

सिलगढी: राज्यको बजेटमा विभिन्न सरकारी विभागका कर्मचारीहरूको तलब वृद्धिको घोषणा गरिए पनि आफूहरूलाई त्यसबाट बञ्चित गरिएको भन्दै सिलगढीका सहरी स्वास्थ्य केन्द्र (अर्बन हेल्थ सेन्टर) का कर्मचारीहरूले मंगलबार मुख्य चिकित्सा स्वास्थ्य अधिकारी (सीएमओएच) लाई ज्ञापनपत्र बुझाएका छन्।
​सिलगढी महकुमा परिषद् कार्यालयमा एकत्रित भएका कर्मचारीहरूले यसअघि आफूहरूको तलब वृद्धि गरिने आश्वासन दिइएको बताए। तर, हालै सार्वजनिक भएको बजेटमा सहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरूबारे कुनै उल्लेख नै नगरिएको उनीहरूको आरोप छ। बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनकारी कर्मचारीहरूले आशा कार्यकर्ताहरूको तलब वृद्धि गरिए पनि सहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरूको हकमा भने राज्य सरकारले कुनै निर्णय नगरेको गुनासो गरे।
​यसै विषयलाई लिएर मंगलबार राज्यव्यापी रूपमा विरोध कार्यक्रमहरू आयोजना गरिएका थिए। स्वास्थ्य कर्मचारीहरूले आफ्ना मागहरू चाँडै सम्बोधन नगरिए आगामी दिनमा कामकाज ठप्प पारी कार्य बहिष्कार (पेन डाउन) आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

About Author

Advertisement