दार्जीलिङ: बन्सल ग्रुपको अधीनस्थ दशवटा चिया बगानहरू राम्रो कम्पनीले लिन्छ भन्ने राम्रो हो भन्ने हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्। शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको बैठक सम्पन्न भयो। दुई घण्टाभन्दा लामो चलेको बैठकपछि अध्यक्ष डीके गुरूङले बन्सल ग्रुपको अधीनस्थ चिया श्रमिकहरूमाथि भईरहेको अन्याय र अत्यचारको विरोधमा गत केही दिन अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले खुनको चियाको संज्ञा दिन्दै चिया बोटहरूमाथि आफ्नो खुन छर्किने काम गरेको थियो। अध्यक्ष एडवर्डको उक्त कार्यले कहीं न कहीं निकै हलचल मच्चाएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको अध्यक्ष डीके गुरूङले दावी गरेका छन्। उनले अझ भने बन्सल ग्रुपको अधीनस्थ रहेको दशवटा चिया बगानहरू बिक्री हुँदैछ भन्ने हल्ला चलेको पनि अध्यक्ष गुरूङले बताए।यसै कुरालाई ध्यानमा राख्दै उनले आज भने आज कोलकतास्थित राज्यको श्रम मंत्री मलय घटकको कार्यालयमा एउटा महत्वपूर्ण बैठक पनि बोलाएको तर उक्त बैठकमा कुनै पनि श्रमिक संगठनहरूलाई निम्ताएको छैन भन्ने अध्यक्ष गुरूङले भने। आयोजित बैठकमा दार्जीलिङ टी ऐसोसिएशनको सचिवलाई मात्र निम्ताएको पनि आफुहरूले सुन्नमा आएको अध्यक्ष गुरूङले बताए। बन्सल ग्रुपको अधीनस्थल़ रहेको दशवटा चिया बगानहरू बिक्री गर्छ भने गरोस् तर राम्रो कम्पनीले लियोस् भन्ने अध्यक्ष गुरूङले बताए। उनले नयाँ कम्पनीले लिएको दुई चार महिनाभित्र नै फेरि बगानमा कार्यरत श्रमिकहरूले दुःख नपावोस् भन्दै बन्सल ग्रुपको अधीनस्थ चिया बगानहरूमा कार्यरत् श्रमिकहरूले पाउनु पर्ने साहुलियतहरू पाएको छैन।विगतमा गरेको कामको दाम पनि पाएको छैन साथै अवकाश प्राप्त श्रमिकहरूले पाउनु पर्ने साहुलियत पनि पाएको छैन।त्यसकारण कुनै पनि कम्पनीले बगान किन्न अघि शाखा स्तरको श्रमिक संगठनहरूको नेतृत्वहरूसंग बैठक गरेको अति नै राम्रो हो अध्यक्ष गुरूङले बताएका छन्।