चिया उद्योग पनि बाँच्नपर्छ अनि श्रमिकहरूले पनि न्याय पाएको हुन पर्छ: सुब्बा

IMG-20221018-WA0225.jpg

दार्जीलिङ: चिया उद्योग पनि बाँच्नपर्छ अनि श्रमिकहरूले न्याय पनि पाएको हुनपर्छ भन्ने हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय सह सचिव बबिन सुब्बाले बताएका छन्। बन्सल ग्रुप कम्पनी अधीनस्थ रंगमुक सिडर्स चिया बगानमा आज पनि गो स्लो,को कार्यक्रमको जारी रह्यो।आयोजित गो स्लोको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको केन्द्रीय सह सचिव बबिन सुब्बाले चिया उद्योग पनि बाँच्नपर्छ अनि श्रमिकहरूले पनि न्याय पाएको हुनपर्छ भन्ने बताएका छन्। बन्सल ग्रुप अधीनस्थ चिया बगानहरूमा कार्यरत् श्रमिकहरूले विगतमा गरेको कामको रोजी पाएका छैन, अवकाश प्राप्त श्रमिकहरूले पनि अवकाशपछि पाउनु पर्ने साहुलियतहरू पाएका छैनन्। बन्सल ग्रुप अधीनस्थ रंगमुक सिडर्स चिया बगानमा कार्यरत् श्रमिकहरूले गत केही दिन अघिदेखि गो स्लोको कार्यक्रम गर्दै आईरहेका छन्। यसैक्रममा आज पनि गो स्लोको कार्यक्रम जारी रहेको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय सह सचिव बबिन सुब्बाले अघि भने, बन्सल ग्रुपको चिया बगानहरू अर्को कुनै कम्पनीले लिने अरे भन्ने हो हल्ला चल्दैछ।बगान जोसुकैले लियोस् तर बगानमा कार्यरत् श्रमिकहरूले पाउनु पर्ने हक र अधिकारहरू पाएको हुनपर्छ। विगत दिनहरूमा गरेको कामको दाम श्रमिकहरूले पाएको छैन, त्यसरी नै अवकाशप्राप्त श्रमिकहरूले पाउनु पर्ने ग्राजुएटी आदि जस्ता साहुलियतहरू केही पाएका छैनन्। ती सबै दिनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement