सिलगढी: चार जना युवकहरुलाई चोरीको आरोपमा सिलगढी मे्टरोपोलिटिनको भक्ति नगर थाना पुलिसले पक्राउ गरेको छ। पुलिसद्वारा पक्राउ पर्नेहरूमा रोशन बर्मन राय कोलनी निवासी, समीर लोहार बानरहाट निवासी, पृथ्वी सोनार भवसिन्धु कोलनी र छोटन राय लोअर भानुनगर निवासी सामेल छन्। गत ७ अक्टोबर भक्तिनगर थाना अन्तर्गत एउटा टाइल्सको दोकानबाट ९ वटा चाँदीको सिक्का र नगद रुपियाँ चोरी भएको थियो। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले हिजो भक्तिनगर थाना क्षेत्रबाट ४ जना बदमासलाई पक्राउ गर्नको साथै चोरी गरिएको समान पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका ४ जनालाई आज अदालतमा पेश गरेपछि अदालतले ५ दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ।