टाईगर हिलमा पैसा संकलन गरिने विषयमा जिल्ला शासक कार्यालयमा सभा निष्कर्षविहीन

IMG_20221018_200721.jpg

गाड़ी कुदाउने तर पैसा नतिर्ने चालक संगठनको निर्णय

दार्जिलिङ: टाइगर हिलमा वन विभाग अनि जीटीएको टुरिज्म विभागले पर्यटकहरूबाट पैसा उठाउने
विषय लिएर अाज दार्जीलिङ जिल्ला शासक कार्यालयमा बैठक सम्पन्न भयो। तर उक्त बैठकमा कुनै निचोड नआएको र भोलिदेखि टाइगर हिलमा पर्यटकहरू लगेर जाने तर
पैसा नतिर्ने भनी हिमालयन ट्रान्सपोर्ट कोर्डिनेशन कमिटी अनि गोर्खा एकता चालक संगठनले निर्णय लिएको बताएका छन्। अर्को बैठक सम्पन्न नभएसम्म गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको प्रमुख कार्यपाल अनित थापाको निर्देशलाई पालन गर्दै टाईगर हिलमा उठाईने शुल्क नतिर्ने भनी गोर्खा एकता चालक संगठनको तर्फबाट सभापति सागर राई अनि हिमालयन ट्रान्सपोर्ट कोर्डिनेशन कमिटीको तर्फबाट एसएन प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement