१८ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा मंगलवार सिलगढ़ी युनाइटेड एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा सिलगढ़ी युनाइटेडले अमर इलेभेन माल बजारलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा भूटिया र एलीफले १-१ गोल गरे। यसरी नै अमर इलेभेनबाट योगेन राईले गोल गरे। सिलगढ़ी युनाइटेडका एलीफलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने म्याचमा जलपाइगढ़ी पुलिस र सीतारामपुर एफसी-बीच भिड़न्त हुनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।