खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिमलबारीमा आयोजित एउटा कार्यक्रममा यस क्षेत्रका हाम्रो पार्टीको २० जना युवाहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दाबी गरिएको छ। सबै युवाहरु हाम्रो पार्टीबाट आएका जानकारी गराइएको छ। आज सामेल युवाहरु हाम्रो पार्टीका सरोज थापा मंगरको नेतृत्वमा आएका हुन्। पार्टी अध्यक्ष अनित थापाले युवाहरुलाई खादा अर्पण गरी पार्टीमा स्वागत गरे।

सामेल भएको समय सरोज थापाले भने, “हामीलाई सपना देखाउने नेतृत्वको मात्र होइन यथार्थसंग जुझ्न सिकाउने नेतृत्वको खाँचो देख्यौं। यथार्थमा जुझ्ने नेता हामीले अनित थापामा पायौं।”










