भारत हारे पनि कप्तान हरमनप्रीतले हासिल गरिन् विशेष उपलब्धि

IMG-20260622-WA0049

म्यानचेष्टर: ईंग्ल्याण्डविरुद्ध आईसीसी महिला टी२० वर्ल्ड कपको ग्रुप १-को म्याचमा हारको सामना गर्नु परे पनि भारतीय टीमकी कप्तान हरमनप्रीत कौरले एउटा ऐतिहासिक उपलब्धि हासिल गरिन्। आइतवार म्याच खेल्न मैदानमा ओर्लिनको साथै ३७ वर्षीय हरमनप्रीत पुरुष र महिला क्रिकेट मिलाएर २०० वटा टी२० इण्टरनेशनल म्याच खेल्ने विश्वकी पहिलो क्रिकेटर बनिन्। हरमनप्रीतले मार्च २००९-मा पाकिस्तानविरुद्ध वनडे इण्टरनेशनल करियरको शुरुवात गरेकी थिइन् जबकि जून २००९-मा ईंग्ल्याण्डविरुद्ध आफ्नो पहिलो टी२० इण्टरनेशनल म्याच खेलेकी थिइन्। अहिले १७ सालपछि उनले २०० वटा टी२० इण्टरनेशनल म्याच खेलेर ऐतिहासिक उपलब्धि हासिल गरिन्। म्याच शुरु हुन अघि भारतीय टीमले उनको निम्ति विशेष सम्मान समारोहको आयोजन गऱ्यो, जहाँ मुख्य प्रशिक्षक अमोल मजूमदार र उपकप्तान स्मृति मन्धनाले उनलाई २०० अंकित विशेष जर्सी र क्याप भेट गरे। महिला क्रिकेटमा सर्वाधिक टी२० इण्टरनेशनल म्याच खेल्नेहरूमा हरमनप्रीतपछि न्यूजील्याण्डकी सूजी बेट्स (१८४), ईंग्ल्याण्डकी डेनी वायट-हज (१८३) र अष्ट्रेलियाकी एलिस पेरी (१७७) रहेकी छन्। यसरी पुरुष क्रिकेटमा आयरल्याण्डका पल स्टर्लिंगले सर्वाधिक १६३ वटा म्याच खेलेका छन्। भारतका रोहित शर्माले १५९ वटा म्याच खेलेर सन्न्यास लिए। आइतवार खेलिएको म्याचमा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले पराजित गऱ्यो। भारतले पहिलो दुईवटा म्याचमा पाकिस्तान र नीदरल्याण्ड्सलाई सजिलै पराजित गरे पनि दक्षिण अफ्रिकाविरुद्ध मध्यक्रमको विफलताले टीमले महिला टी२० वर्ल्ड कप २०२६-मा पहिलो हारको सामना गर्नु पऱ्यो।

About Author

Advertisement