खरसाङ: खरसाङको एक होटलमा हिल तृणमूल कंग्रेसको स्वागत समारोह सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उक्त स्वागत समारोह विशेष गरी हालैमा तृणमूल कांग्रेसको दार्जिलिङ जिल्ला र कालेबुङ जिल्लाको युवा सभापति सुमन गुरुङलाई भव्य स्वागत जनाइएको छ। उक्त स्वागत समारोह तृणमूल कंग्रेसको राज्य सभा सांसद शान्ता छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त स्वागत समारोहमा तृणमूल कंग्रेसको दुवै जिल्लाको सभापति सुमन गुरुङलाई हिल तृणमूल कंग्रेसको पदाधिकारीहरूले खदार्पणसहित फूलगुच्छा प्रदान गरेर स्वागत जनाएका छन्। उक्त स्वागत समारोहलाई बन्दन सेञ्चुरीले सञ्चालन गरेका थिए। उक्त स्वागत समारोहलाई हिल तृणमूल कंग्रेसको दार्जिलिङ जिल्लाको उप सभापति प्रदीप प्रधानले स्वागत सम्भाषण राखेका थिए। समारोहलाई हिल पूर्व जीटीए चेयरम्यान एंव वर्तमान जीटीए सभासद बिनय तामाङले आफ्नो वक्तव्यमा विगत दिनमा जीटीएको सभामा आफुले उठाएको विभिन्न विषयहरूमा जानकारी गराएका छन्। उनले जीटीए चेयरम्यान रिलिफ फण्ड विषयमा बोल्दै यसको सही प्रयोग हुन पर्ने बताएका छन्। उनले आगामी दिनमा हिल तृणमूल कांग्रेसलाई दह्रिलो पारेर लाने र सांगठनिक रूपमा सबैलाई साथमा लिएर अघि बढ़ने आह्वान् गरेका छन्। सभाको सभाध्यक्षा राज्य सभा सांसद शान्ता छेत्रीले तृणमूल कांग्रेस पार्टीलाई पहाड़मा सबैले मिलेर अघि लानु पर्ने अनि सांगठनिक रूपमा एक सूत्रमा बाँधेर अघि लानु पर्ने बताएकी छन्। उनले दार्जिलिङ र कालेबुङ जिल्लाको युवा सभापति सुमन गुरुङले पाएको दायित्वलाई सही रूपमा अघि कुरामा पनि आशा व्यक्त गरिन्।

सभालाई तृणमूल कंग्रेसको खरसाङ टाउन कमिटीको सभापति आरिफ खान, तृणमूल कंग्रेसको ट्रेड युनियन आईएनटीयुसीको राज्य भाइस चेयरम्यान दिपक प्रधानले पनि सम्बोधन गरेका थिए। यसै सभामा हिल तृणमूल कांग्रेस युवा एकाई खरसाङ टाउन कमिटी अनि खरसाङ खण्डको लागि पदाधिकारी चयन गरिएको छ। सभामा हिल तृणमूल कंग्रेसको युवा एकाईको खरसाङ टाउन कमिटीको लागि सभापति अश्विन बस्नेत र खरसाङ खण्डको लागि सभापति प्रजेस लेप्चालाई चयन गरिएको छ। आगामी दिनमा दुवैले चाँढ़ै नै सभा बोलाएर पूर्ण कमिटी गठन गर्ने दायित्व पनि सुम्पिइएको छ। सभामा विभिन्न स्थानहरूबाट हिल तृणमूल कंग्रेसको प्रतिनिधिहरू उपस्थित रहेका थिए।