पीडित परिवारका सदस्यहरूलाई नोकरीको अफर लेटर
जलपाईगढी: चारदिने उत्तर बंगाल भ्रमणमा आइपुगेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मालबजारको माल नदीमा दुर्गा प्रतिमा विसर्जन अवधि मर्नेहरूको परिवारसित भेट गरिन्।यसपछि उनले आज प्रशासनिक बैठक गरेर बाढमा मर्नेहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै परिवारका सदस्यहरूसित भेट गरेर सरकारी नोकरीको लागि अफर लेटर प्रदान गरिन्। यसको साथै आफ्नो ज्यानको पर्वाह नगरी माल नदीको बाढमा फँसेका मानिसहरूलाई बचाउने साहसी युवाहरूलाई मुख्यमन्त्रीले सम्मान जनाइन्। यस अवधि तिनले ती साहसी युवकहरूको प्रशंसा गर्दै १ लाख रुपियाँको चेक प्रदान गर्नको साथै तिनीहरूलाई नोकरी दिने आश्वासन पनि दिइन्।