कोलकातामा प्रधानमन्त्री मोदीको उपस्थितिमा योग दिवस

FB_IMG_1782040370348

योगलाई जीवनशैली बनाउन पश्चिम बंगालको मन्त्री लामाको अपिल

कोलकाता: अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा आज पश्चिम बंगालको राजधानी कोलकातामा एक भव्य कार्यक्रमको आयोजना गरिएको छ।
उक्त विशेष समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालका राज्यपाल आर. एन. रवि र मुख्यमन्त्री शुभेन्दु अधिकारीको गरिमामय उपस्थिति रहेको थियो।
​कार्यक्रममा हजारौँ सर्वसाधारण नागरिकहरूसँगै सहभागी भई योगाभ्यास गरेका मन्त्री विशाल लामाले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश साझा गरेका छन्। मन्त्री लामाले योग दिवसको यस भव्य आयोजनले स्वस्थ र समृद्ध भारतको सङ्कल्पलाई अझ मजबुत बनाएको उल्लेख गरेका छन्।
​”योग केवल शारीरिक व्यायाम मात्र होइन, बल्कि यो स्वस्थ शरीर, शान्त मन र सन्तुलित जीवनको बलियो आधार हो,” मन्त्री लामाले लेखेका छन्। उनले कोलकाताको यस ऐतिहासिक अवसरमा हजारौँ नागरिकहरूसँगै योगाभ्यास गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको समेत बताएका छन्।

सम्बोधन र सन्देशका क्रममा मन्त्री लामाले सम्पूर्ण नागरिकहरूलाई योगलाई आफ्नो दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउन विशेष अपिल गरे। प्रत्येक नागरिकले योगलाई आत्मसात गरेमा मात्र स्वस्थ, सशक्त र आत्मनिर्भर भारतको निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे। यस वर्षको योग दिवसमा कोलकातामा देखिएको जनसहभागिताले ‘एक पृथ्वी, एक स्वास्थ्य’ (वन नेशन वन हेल्थ) को भावनालाई चरितार्थ गरेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

About Author

Advertisement