खरसाङ: पश्चिम बंगाल सरकारको पौरव गृह समीक्षा प्रकल्प अन्तर्गत नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण नगरवासीहरूलाई आफ्नो घरको विवरण दिने अनुरोध खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले अनुरोध गरेका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल सरकारको पौरव गृह समीक्षा प्रकल्प अन्तर्गत नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण नगरवासीहरूले आफ्नो घरको संख्या, जमीनको पर्जापट्टा लगायत अन्यहरूको जानकारी सही रूपमा दिने पनि अनुरोध गरेका छन्। उनले यस कार्यको लागि नगरपालिकाको पक्षबाट स्वयंसेवकहरू कि स्वनिर्भर दलका प्रतिनिधिहरूलाई नियुक्त गरेर जानकारी संकलन गराउन घर घर पठाउने र यसको लागि सबै नगरवासीहरूले सहयोग गरिदिने साथै आफ्नो सही जानकारी दिने अनुरोध पनि गरेका छन्। भाइस चेयरम्यान सुवास प्रधानले पत्रकारहरूसित कुराकानी गर्ने क्रममा भने, ‘पौरव गृह समीक्षा प्रकल्प अन्तर्गत नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण नगरवासीहरूले आफ्नो घरको संख्या, बत्तीको बील, खतियान नम्बर, दलिल पत्र, डिट लगायत अन्य आवश्यक जानकारीहरु सही रूपमा दिने अनुरोध गर्दछौं। यो पौरव गृह समीक्षा प्रकल्प सरकारबाट आएको योजना हो यसबाट नगरपालिकालाई सहयोग हुन्छ भन्ने आशा राखेका छौं र हामीले सभा गरेर सभाको निर्णय अनुसार भोलि वा पर्सिदेखि नै स्वंय सेवकहरू र स्वनिर्भर दलका प्रतिनिधिहरूलाई घर घर पठाउनेछौं।’