कोरोनाको नयाँ भेरिएन्टबारे स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सतर्कता, दिपावलीमा दियो महत्त्वपूर्ण सुझाव

Corona-1-copy-1

नयाँ दिल्ली: भारतमा भेटिएको कोरोना भाइरसको नयाँ सब-भेरिएन्ट बीएफ.७ बारे स्वास्थ्य मन्त्रालयले सतर्कता जारी गरेको छ। ओमिक्रोनको यो सब-भेरियन्टको पहिलो केस देशमा प्रकाशमा आएपछि, केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले मङ्गलबार उच्च स्तरीय बैठक गरे, जसमा इन्साकोग, डीबीटी, एनटीजीआईका अधिकारीहरू उपस्थित थिए। कोभिडको अत्यधिक संक्रामक मानिने नयाँ सब–भेरिएन्ट बीएफ.७ लाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले दीपावलीलगायत आउँदो चाडपर्वहरूमा कोरोनाबाट बच्न आवश्यक सावधानी र सतर्कता अपनाउन सुझाव दिएको छ।

वास्तवमा, चीनमा पाइने ओमिक्रोनको सब-भेरिएन्ट बीएफ.७ भारतमा पनि फेला परेको पुष्टि भएको छ, त्यसपछि कोभिडका केसहरू फेरि बढ्नसक्ने आशंका गरिएको छ। यही आशंकाका बीच मङ्गलबार स्वास्थ्यमन्त्रीले महत्वपूर्ण बैठक बोलाए। बीएफ.७ सब-भेरिएन्टका लक्षणहरूमा लगातार खोकी, सुन्न गाह्रो, छाती दुख्ने, र कम्पनहरू समावेश छन्। यसले गन्ध चिन्न सक्ने क्षमतालाई पनि असर गर्नसक्छ। अर्कोतर्फ जाडोसँगै चाडपर्वलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाउनसमेत स्वास्थ्य विज्ञहरुले बताएका छन्। उनले मानिसहरूलाई मास्क लगाउन र भीडभाड हुने ठाउँहरूबाट टाढा रहन सल्लाह दिएका छन्, जसद्वारा सब-भेरिएन्ट फैलिने क्रम नियन्त्रणमा रहन्छ साथै सुरक्षित रहन सकिन्छl  

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement