१८ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा मंगलवार नमो बुद्ध युनाइटेड स्पोर्टिंग क्लब, रिम्बिकले यादगार जीत हासिल गरी फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा नमो बुद्ध युनाइटेडले भीनस एफसी (फिक्कल, नेपाल)-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मिलन राईले २ अनि सौरभ तामाङले १ गोल गरे। भीनस एफसी-बाट रेजिन माझीले १ गोल गरे। विजेता टीमका फरवर्ड सौरभ तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार (२१ अक्टोबर) खेलिने दोस्रो फाइनलमा नमो बुद्ध युनाइटेड (रिम्बिक)-ले एमएमएफसी निरपानीको चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।










