गान्तोक। पूर्व सिक्किमको ३२ नम्बर नजिकै मार्ताममा शनिवार रोटरी क्लब अफ् गान्तोक साउथ-द्वारा निशुल्क नेत्र जाँच शिविर आयोजन गरियो। सिलीगुडी ग्रेटर लायन्स नेत्र अस्पतालको सहयोगमा आयोजन गरिएको शिविरमा १४० जना स्थानीय नेत्ररोगीहरूले लाभ उठाए। शिविरमा मोतीबिन्दु, आँखाको पावर, चस्मा कोर्निया, ग्लूकोमा, रेटिनाको पर्दालगायत अन्य सबै प्रकारका आँखा सम्बन्धित रोगहरूको जाँच गरिएको थियो। यो शिविर उज्यालो वैश्विक नेत्र स्वास्थ्य कार्यक्रमअन्तर्गत राज्यका विभिन्न स्थानहरूमा आयोजन गरिएको परियोजना सहायक रोजन प्रधानले जानकारी गराएका छन्। जाँचपछि आँखाको शल्यक्रिया गर्नपरे सिक्किममा या सिलगढीमा निःशुल्क गराइने प्रधानले बताएका छन्। शिविरमा रोटरी क्लब अफ् गान्तोक साउथका अध्यक्ष गोपाल छेत्रीसहित संस्थाका स्तम्भहरू किरण रसाइली, गिता सापकोटा, माला राणा पात्रोलगायत अन्यको उपस्थिति थियो। मार्तामपछि यस्तै प्रकारको शिविर पश्चिम सिक्किमको मंगलबारेमा आयोजन गरिने बताइएको छ।