सलोनी राई स्मृति नक्आउट फूटबलः मानेभञ्ज्यांग एफसी सेमिफाइनलमा

IMG_20221018_180221.jpg

१८ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार मानेभञ्ज्यांग एफसी-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा मानेभञ्ज्यांग एफसी-ले कालेबुङ पुलिसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम राई र सत्यम राईले १-१ गोल गरे। कालेबुङ पुलिसबाट अनिवेशले १ गोल गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement