सिलगढी: राज्यकी मुख्यमन्त्री ममता बनर्जी मलबजारमा कार्यक्रम समाप्त गरेर मंगलबार दिउँसो हेलिकप्टरबाट सिलगढी पुगेकी छिन्। उनी हेलिकप्टरबाट ओर्लिएर फुलबारीस्थित उत्तरकन्या पुगिन्। मुख्यमन्त्रीले भोलि सिलगढीको कावाखलीमा प्रहरीद्वारा आयोजना गरेको विजया सम्मेलनमा सहभागी हुने बताइएको छ।